Below Menu
Below Menu

आईपीओ निष्कासन गर्न एसवाई प्यानललाई धितोपत्र बोर्डको अनुमति 

आईपीओ निष्कासन गर्न एसवाई प्यानललाई धितोपत्र बोर्डको अनुमति 

काठमाडौं : एसवाई प्यानल नेपाल लिमिटेडले सार्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले भदौ १७ गते कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा आईपीओ जारी गर्न कम्पनीलाई स्वीृकति दिएको हो । 

बोर्डको अनुमति पाएसँगै कम्पनीले ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता निष्कासन गर्नेछ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । 

एसवाई प्यानल नेपाल दक्षिण कोरियाको एसवाई को लिमिटेडको सहायक कम्पनी हो । एसियाकै नम्बर १ प्यानल निर्माता मानिने यो कम्पनीले उच्च गुणस्तरका इपीएस र पीयुएफ स्यान्डविच प्यानलहरू उत्पादन गर्छ।

यसका साथै, कम्पनीले कोरियाली स्यान्डविच प्यानल, यूपीभीसी झ्याल, स्टिल ढोका लगायतका सामग्रीहरू पनि उपलब्ध गराउँदै आएको छ।

Advertisment

थप समाचार