Below Menu
Below Menu

रोकिएन शेयर बजारको पहिरो, कारोबार रकम चार अर्ब ७२ करोडमा समेटियो 

रोकिएन शेयर बजारको पहिरो, कारोबार रकम चार अर्ब ७२ करोडमा समेटियो 

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १५.६४ अंकले घटेर २७२६.३३ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से १९.८९ अंकले घटेर २७४१.९७ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ३९ कम्पनीको शेयरमूल्य बढेको छ । भने २१३ कम्पनीको शेयरमूल्य घटेको छ ।  

शेयर बजार घटेपनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । आज बजारमा चार अर्ब ७२ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार  नेप्सेमा चार अर्ब ४३ करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज युनियन हाइड्रोपावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३३ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा हिम स्टार उर्जा कम्पनी रहेको छ । आज यी कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको हो । आज लिबर्टी इनर्जी कम्पनीको शेयरमूल्य ६.९९ प्रतिशतले घटेको छ । 
 

Advertisment

थप समाचार