Below Menu
Below Menu

प्रधानमन्त्री ओली बेइजिङबाट स्वदेशका लागि प्रस्थान

प्रधानमन्त्री ओली बेइजिङबाट स्वदेशका लागि प्रस्थान

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सक्काएर स्वदेश प्रस्थान गरेका छन् ।  प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओली बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार ६ बजे नेपालका लागि प्रस्थान गरेका हुन् । 

प्रधानमन्त्री ओली चीनको तियानजिनमा शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिएर आज स्वदेश फर्किन लागेका हुन् । चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले  (एससीओ) को शिखर सम्मेलनलाई सम्बोधन गरेका थिए भने कैयौं महत्वपूर्ण भेटवार्ता समेत गरेका थिए ।