काठमाडौं : सिद्धार्थ क्यापिटल लिमिटेडले लाभांश प्रस्तावसहित साधारणसभा बोलाएको छ । क्यापिटलको भदो १७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट ३० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको करसहित ३० प्रतिशत अर्थात् ६ करोड रुपैयाँ बराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश पारित गर्न कम्पनीले असोज ९ गते १४ औँ वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा सिद्धार्थ क्यापिटल नक्साल काठमाडौंमा अपरान्ह साढे ४ बजे हुनेछ ।
यसका साथै सभाले गत आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत खर्च गरिएको ६ लाख ५६ हजार ३२८ रुपैयाँ पारित गर्ने छ ।
Advertisment