Below Menu
Below Menu

आठ प्रतिशत लाभांश पारित गर्न हिमालयन सेक्युरिटिजले बोलायो साधारणसभा 

आठ प्रतिशत लाभांश पारित गर्न हिमालयन सेक्युरिटिजले बोलायो साधारणसभा 

काठमाडौं : हिमालयन सेक्युरिटिज लिमिटेडले असोज ९ गते पाँचौं वार्षिक साधारण सभा बोलाएको छ । भदौ १८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश पारित गर्ने प्रस्तावसहित साधारणसभा गर्ने निर्णय गरेको हो । 

उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय कमलादी काठमाडौंमा बिहान ११ बजेदेखि शुरु हुनेछ । उक्त सभाले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई आठ प्रतिशत करसहित नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

साथै, सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित गत आवको वासलात, नाफा नोक्सान हिसाब, र सोही अवधिको नगद प्रवाह विवरण लगायतका संलग्न अनुसूचीमाथि छलफल गरी स्वीकृत गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु पारित गर्नेछ । 

Advertisment

थप समाचार