Below Menu
Below Menu

एनआईबीएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित तीन फण्डहरुको लाभांश घोषणा, कुनको कति ?

एनआईबीएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित तीन फण्डहरुको लाभांश घोषणा, कुनको कति ?

काठमाडौं : एनआईएमबि एस क्यापिटलद्वारा सञ्चालित सामूहिक लगानी कोष अर्थात म्युचुअल फण्डहरुले नगद लाभांश घोषणा गरेका छन् । एनआईबीएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेका बन्दमूखी योजनाहरुले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई प्रतिफल वितरण गर्ने घोषणा गरेका हुन् ।

एनआईबिएल ग्रोथ फण्डले १० प्रतिशत, मेगा म्युचुअल फण्ड –१ ले ११.७५ प्रतिशत र एआईबीएल समृद्धि फण्ड–२ ले ७ प्रतिशत करसहित प्रतिफल वितरण गर्ने भएका छन् ।

बिहिबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट इकाईधनीहरुलाई सो दरमा प्रतिफल वितरण गर्ने निर्णय गरेका हुन् । 

प्रतिफल वितरण प्रयोजनका लागि फण्डहरुले भदौ २७ गते इकाईधनी दर्ता किताब बन्द गने भएक छन् । जसअनुसार भदौ २६ गतेसम्म कायम ईकाईधनीहरुले मात्र फण्डको प्रतिफल पाउनेछन् । 

Advertisment

थप समाचार