काठमाडौं : मुक्तिनाथ क्यापिटलसहित तीन कम्पनीले साधारणसभा बोलाएका छन् । मुक्तिनाथ, ज्योति, प्रभु क्यापिटल लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्तवासहित साधारणसभा बोलाएका हुन् । लाभांश प्रस्ताव पारित गर्न तीन वटै कम्पनीले असोज १० गते वार्षिक साधारणसभा बोलाएका छन् ।
मुक्तिनाथ क्यापिटलको बिहिबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई करसहित ९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त सभा आरण्य बुटिक होटल एण्ड रेष्टुरेण्ट प्रालि हात्तिसार काठमाडौंमा दिउँसो ४ बजे शुरु हुनेछ ।
ज्योति क्यापिटलको भदौ १६ गते बसेको सञ्चालक समितिले शेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो ।
लाभांश प्रस्ताव पारित गर्न क्यापिटलले ज्योति विकास बैंकको केन्द्रीय कार्यालय, कमलपोखरी, काठमाडौंमा बिहान ९ बजे साधारणसभा बोलाएको छ । यकसा साथै आजसम्म (भदौ २०) सम्म कायम शेयरधनीले प्रस्तावित लाभांशका साथै सभामा पनि प्रवेश पाउनेछन् ।
प्रभु क्यापिटलको बिहिबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस र सोका कर प्रयोजनका लागि ८.६३१६ प्रतिशत नगद गरी कुल १२.६३१६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको सभा रोयल सिंगी होटल कमलादी काठमाडौंमा बिहान ९ बजे शुरु हुनेछ ।
तीनवटै कम्पनीको उक्त सभाले प्रस्तावित लाभांश, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहित लेखापरीक्षकको प्रतिवेदन, असार मसान्तसम्मको नाफानोक्सान हिसाबत तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछन् ।
Advertisment