सेजन अध्यक्षमा भागवत भट्टराई विजयी

सेजन अध्यक्षमा भागवत भट्टराई विजयी

काठमाडौं : नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा भागवत भट्टराई विजयी भएका छन् । भट्टराईले ११० मत ल्याएर विजयी भएका हुन् ।

अध्यक्षका उम्मेदवार विश्वास रेग्मीले ९२ र आशा थपलियाले ४१ मत ल्याएका थिए । त्यस्तै उपाध्यक्षमा जीवनकुमार बस्नेत निर्विरोध निर्वाचित भएका छन् ।

महासचिवमा कमलकुमार बस्नेत १३९ मत ल्याएर विजयी भएका छन् । महासचिवका अर्का उम्मेदवार अच्युत पुरीले १०४ मत पाएका थिए ।

त्यस्तै सचिवमा शंकर पण्डित निर्विरोध निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा केशु लामिछानेले १३३ मत ल्याएर विजय भएका छन् भने उनका प्रतिस्पर्धी ममता थापाले १०८ मत प्राप्त गरेकी थिइन ।

कार्यसमिति सदस्यहरुमा अर्जुन तामाङ, कमल धिताल, भोजराज भण्डारी, राजु बास्कोटा र सीमा तामाङ निर्वाचित भएकी छिन् । उनीहरुले क्रमश १४१, १८५, १४७०, १५९, र २०० भोट ल्याएर विजयी भएका हुन् ।

अध्यक्ष: 

भागवत भट्टराई (११०) (निर्वाचित)

आशा थपलिया (४१)
विश्वास रेग्मी (९२)

उपाध्यक्ष

जीवन कुमार बस्नेत (निर्विरोध)

 

महासचिव: 

कमल कुमार बस्नेत (१३९) (निर्वाचित)

अच्युत पुरी (१०४)

 

सचिव 

शंकर प्रसाद पण्डित (निर्विरोध)

 

कोषाध्यक्ष

केशु लामिछाने (१३३) (निर्वाचित)

 ममता थापा (१०८)

 

सदस्य (निर्वाचित)

  • अर्जुन तामाङ (१४१)  (निर्वाचित)
  • कमल धिताल (१८५)  (निर्वाचित)
  • भोजराज भण्डारी (१४७)  (निर्वाचित)
  • राजु बास्कोटा (१५९)  (निर्वाचित)
  • सीमा तामाङ (२००)  (निर्वाचित)
  • भरत बहादुर रावल (१३१) 
थप समाचार