काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ११.५२ अंकले घटेर २७०८.२५ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ६.५५ अंकले घटेर २७१९.७७ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ७९ कम्पनीको शेयरमूल्य बढेको छ । भने १७३ कम्पनीको शेयरमूल्य घटेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा चार अर्ब ४० करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा पाँच अर्ब १४ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज युनियन हाइड्रोपावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २९ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा हिम स्टार उर्जा कम्पनी रहेको छ । आज यी कम्पनीको शेयरमूल्य ९.९७ प्रतिशतले बढेको हो । आज पञ्चकन्या माई हाइड्रोपावर कम्पनीको शेयरमूल्य ४.६२ प्रतिशतले घटेको छ ।
Advertisment