Below Menu
Below Menu

रामेछाप कारागारमा गोली चल्दा ३ जनाको मृत्यु, १४ जना घाइते

रामेछाप कारागारमा गोली चल्दा ३ जनाको मृत्यु, १४ जना घाइते

रामेछाप : रामेछापस्थित रामेछाप कारागारमा गोली चल्दा ३ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । 

बिहीबार बिहान कारागारबाट कैदीबन्दिहरु भाग्न प्रयास गरेपछि स्थिती नियन्त्रण लिन गोली प्रहार गरिएको हो । 

कारागार तनावग्रस्त भएपछि फायरिङको क्रममा ३ जना कैदीको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल रामेछाप लगिएको छ । 

हाल कारागारलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ भने घटनाको थप विवरण आउन बाँकी छ ।

Advertisment

थप समाचार