Below Menu
Below Menu

नियन्त्रणमा लिएको प्रहरीको पोशाकहरु दुरुपयोग नगर्न नेपाल प्रहरीको आग्रह

नियन्त्रणमा लिएको प्रहरीको पोशाकहरु दुरुपयोग नगर्न नेपाल प्रहरीको आग्रह

काठमाडौं : भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा नियन्त्रणमा लिएका हातहतियार, सञ्चार साधन, सवारी साधन फिर्ता बुझाउन अनुरोध गरेको छ । 

बिहीबार नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले सूचना जारी गर्दै प्रहरी लगायत अन्य सुरक्षा निकायका हातहतियारसहित अन्य भौतिक साधनहरू नियन्त्रणमा लिएको वा कतै फेला परे फिर्ता बुझाउँन अनुरोध गरेको हो। 

‘नेपाल प्रहरी लगायत अन्य सुरक्षा निकायका हातहतियार, सञ्चार साधन, सवारी साधन, असबाब र अन्य भौतिक साधनहरू नियन्त्रणमा लिएको वा कतै फेला पार्नुभएको छ भने उक्त हातहतियार लगायत अन्य सामाग्रीहरू स्थानीय प्रहरी वा सुरक्षा निकायको कार्यालय वा जिल्ला प्रहरी कार्यालय वा प्रहरी कन्ट्रोल १०० वा टोल फ्रि नं. १६६००१४१५१६ वा नेपाल प्रहरी प्रधान कार्यालयको सम्पर्क नं. ९८५१२९३४५९ मा सम्पर्क गरी फिर्ता बुझाउँन हुन अनुरोध गरिएको छ,’ सूचनामा उल्लेख गरिएको छ । 

साथै सूचना मार्फत नेपाल प्रहरीले आन्दोलनका क्रममा प्रदर्शनकारीहरुले नियन्त्रणमा लिएको प्रहरीको पोशाकहरु दुरुपयोग नगर्न समेत आग्रह गरेको छ । 

‘आन्दोलनका क्रममा प्रदर्शनकारीहरुले नियन्त्रणमा लिएको प्रहरीको पोशाकहरु दुरुपयोग नगर्न हुन र सो सँग सम्बन्धित सूचनाहरू समेत उपलब्ध गराउन सर्वसाधारणहरूलाई नेपाल प्रहरी अनुरोध गर्दछ,’ सूचनामा भनिएको छ । 

 

Advertisment

थप समाचार