Below Menu
Below Menu

एसवाई प्यानल नेपालको आईपीओ निष्कासन प्रक्रिया अस्थायी रूपमा स्थगित

एसवाई प्यानल नेपालको आईपीओ निष्कासन प्रक्रिया अस्थायी रूपमा स्थगित

काठमाडौं : एसवाई प्यानल नेपाल लिमिटेडले पहिलो चरणको आईपीओ भदौ २९ गतेबाट निष्कासन गर्ने योजना स्थगित गरेको छ । कम्पनीले हालको परिस्थितिलाई ध्यानमा राख्दै अर्को सूचना नभएसम्म आईपीओ निष्कासन रोकेको जनाएको छ ।

पहिलो चरणमा स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गर्ने तयारी थियो ।

नियामक निकाय नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ अर्ब ३० करोड ८९ लाख रुपैयाँको ४० प्रतिशत बराबरको आईपीओ निष्कासन अनुमति दिएको थियो । आईपीओको अंकित मूल्य प्रति शेयर १०० रुपैयाँ तोकिएको थियो ।
 

Advertisment

थप समाचार