काठमाडौं : बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ भोलि (सोमबार) बाँडफाँट हुने भएको छ। कम्पनीको बिक्री प्रबन्धक नेपाल एसबआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका अनुसार कम्पनीको आईपीओ भोलि दिउँसो ४ बजे बाँडफाँट गरिने भएको हो ।
कम्पनीले भदौं ११ गतेदेखि सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा २५ लाख १२ हजार १२२ जनाले २ करोड ९८ लाख ६९ हजार ४४० कित्ता बराबरको २ अर्ब ९८ करोड ६९ लाख ४४ हजार रुपैयाँको आवेदन दिएका थिए ।
उक्त आईपीओमा ४ लाख ३४ हजार १०८ जनाले १०र१० कित्ताका दरले शेयर हात पार्नेछन् भने २० लाख ७८ हजार १४ जनाको हात रित्तो हुनेछ ।
कम्पनीलाई धितोपत्र बोर्डले कुल ५८ लाख ६० हजार कित्ता सेयर निष्कासनको अनुमति दिएको थियो । जसअन्तर्गत आयोजना प्रभावित क्षेत्रका लागि ५ लाख ६६ हजार ५ सय कित्ता र विदेशमा रहेका नेपाली श्रमिकका लागि ५ लाख २९ हजार ४०० कित्ता शेयर निष्कासन गरी बाँडफाँड समेत गरिसकेको छ।
कम्पनीले सामूहिक लगानी कोषलाई दुई लाख ६४ हजार ७०० कित्ता र कम्पनीमा काम गरिरहेका कर्मचारीहरूका लागि एक लाख ५८ हजार ८२० कित्ता छुट्याई बाँकी रहेको ४३ लाख ४१ हजार ८० कित्ता आईपीओ सर्वसाधारणलाई बिक्री गरेको थियो ।
Advertisment