Below Menu
Below Menu

जेन-जी आन्दोलनको असर, दीर्घकालिन रुपमा लगानी र रोजगारीमा पनि चुनौती थपियो: नाडा

जेन-जी आन्दोलनको असर, दीर्घकालिन रुपमा लगानी र रोजगारीमा पनि चुनौती थपियो: नाडा

काठमाडौं : नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले देशको वर्तमान अवस्थाका सम्बन्धमा धारणा सार्वजनिक गरेको छ । 

नाडाले भदौं २३ गतेदेखि देशव्यापी रुपमा भएको आन्दोलन तथा प्रदर्शनले मुलुकमा गहिरो प्रभाव पारेको बताएको छ । जेन–जी आन्दोलनबाट प्रभावित सम्पूर्ण परिवारसँग नाडाले गहिरो समवेदना प्रकट गरेको छ । साथै जीवन गुमाउनु पर्ने पीडादायी घटनाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना समेत गरेको छ । 

त्यस्तै नाडाले घाइते भएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको लागि समेत प्रार्थना गरेको जनाएको छ । नेपालको अटोमोबाइल क्षेत्र देशको उद्योग, व्यापार र रोजगारीको महत्वपूर्ण आधारशिला हो । तर, हालका घटनाक्रमले यस क्षेत्रमा प्रत्यक्ष असर पारेका छन् ।  कर्मचारी, ग्राहक र सम्पूर्ण संरचनाको सुरक्षाप्रति समेत चिन्ता बढेको छ । 

देशको वर्तमान अवस्थाले उपभोक्ता विश्वासमा नकारात्मक असर पुर्याएको र दीर्घकालीन रुपमा लगानी र रोजगारीमा पनि चुनौती थपिएको नाडाको भनाई छ । यसका साथै शान्तिपूर्ण सम्वाद र सहमतिको बाटोबाट हरेक जटिल र कठीन समस्याहरुको समाधान खोज्न सकिन्छ भन्ने गहिरो विश्वास रहेको नाडाले जनाएको छ ।

साथै, नाडाले सम्पूर्ण व्यवसायिक समुदायको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्न सरकारलाई अनुरोध गर्दै अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन आवश्यक सहयोग र सहजीकरण गर्न पनि सरकारलाई आह्वान गरेको छ । 
 
नाडाले आफ्नो सदस्य कम्पनीहरूको हित, उपभोक्ताको विश्वास, र देशको समग्र अटोमोबाइल उद्योगलाई सुरक्षित राख्न निरन्तर खटिने प्रतिवद्धता व्यक्त गर्दछ। हामी विश्वास गर्दछौं कि एकताबद्ध प्रयास, जिम्मेवार नेतृत्व र सकारात्मक सम्वादमार्फत मुलुक छिट्टै स्थायित्वतर्फ अघि बढ्नेछ भन्ने विश्वास समेत लिएको जनाएको छ । 

‘नेपालको इतिहासमा पहिलो पटक महिला प्रधानमन्त्री पाएको छ । अब छिटै मन्त्रिपरिषद समेत गठन हुने र यस सरकारले आउदो ६ महिनाभित्र आम निर्वाचन समेत सम्पन्न गर्ने जिम्मेवारी लिएको सन्दर्भमा आम नेपाली जनताको भावना र मर्मलाई आत्मसात गर्न यो सरकार सफल हुनेछ भन्ने कुरामा शुभकामना समेत व्यक्त गर्दछौ ।’,, जारी विज्ञप्तिमा उल्लेख छ । 


 
 

Advertisment

थप समाचार