Below Menu
Below Menu

लाभांश र शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्तावसहित यूनिभर्सल पावरले डाक्यो साधारणसभा 

लाभांश र शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्तावसहित यूनिभर्सल पावरले डाक्यो साधारणसभा 

काठमाडौं : यूनिभर्सल पावर कम्पनी लिमिटेडले असोज २३ गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट बोनस वितरणपश्चात हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको हो । 

उक्त सभा दरबार रेष्ट्रो होटल एण्ड पार्टी भेन्यू ललितपुरमा बिहान १० बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.४७३७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

यसका साथै सभाले बोनस शेयर वितरणपश्चात शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, २ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्ने छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज ८ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ। जसअनुसार असोज ७ गतेसम्म कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

Advertisment

थप समाचार