Below Menu
Below Menu

जेन–जी आन्दोलनः ६८ वटा बैंकको शाखा कार्यालयमा आक्रमण 

जेन–जी आन्दोलनः ६८ वटा बैंकको शाखा कार्यालयमा आक्रमण 

काठमाडौं : जेन-जी पुस्ताको आन्दोलन हिंसात्मक भएपछि देशभर ६८ वटा बैंकहरुको शाखा कार्यालयहरूमा आक्रमण भएको र ६९ वटा एटिएममा केही असर परेको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्व पौडेलले जेन जी आन्दोलनका क्रममा बैंकहरुको कार्यालयहरूमा आक्रमण भएपनि बैंकिङ प्रणाली भने सबै ठिकठाक रहेको जानकारी दिए ।

सोमबार नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालको पदभार ग्रहण कार्यक्रम पश्चात् बोल्दै गभर्नर पौडेलले यस्तो जानकारी दिएका हुन् । उनले भने, ‘आन्दोलनकारीहरूले बैंकहरु नै टार्गेट गरेको जस्तो देखिँदैन । अहिलेको अवस्थामा सबैको मनोबल घटेका कारण उनीहरूको मनोबल बढाउनुपर्ने आवश्यकता छ ।’

सो क्रममा डा. पौडेलले अनुभवी अर्थमन्त्री आउनुभएकाले काम गर्न सहज हुने पनि बताए । 

Advertisment

थप समाचार