Below Menu
Below Menu

भारतबाट बढेर आएपनि पेट्रोलियम पदार्थको मूल्य यथावत, चाडपर्वमा उपभोक्तालाई राहत

भारतबाट बढेर आएपनि पेट्रोलियम पदार्थको मूल्य यथावत, चाडपर्वमा उपभोक्तालाई राहत

काठमाडौं : भारतीय आयल कर्पोरेसन (आईओसी) बाट मूल्य बढेर आए पनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यलाई यथावत राखेको छ । 

आईओसीले पठाएको मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर २ रुपैयाँ २९ पैसा र डिजेल तथा मट्टितेलको मूल्य २ रुपैयाँ ४६ पैसाले बढेर आए पनि चाडपर्व नजिकिएका कारण यसपटक मूल्यलाई यथावत राखेको हो ।

निगमले स्वचालित मूल्य प्रणाली अनुसार मूल्य निर्धारण गर्दै आएको छ । चाडपर्वको समयमा मूल्य स्थिरता कायम गर्न तथा आपूर्ति सहज बनाउन यस्तो निर्णय गरिएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए। 

Advertisment

थप समाचार