काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले धरान उपमहानगरपालिकाका हर्क साम्पाङ (हर्क राज राई) लाई आफ्नो साँचो माया हो भन्दै व्यंग्यात्मक जवाफ दिएका छन् ।
मेयर बालेनले सामाजिक सञ्जालमार्फत स्टाटस लेख्दै उनले भनेका छन्, ‘डियर हर्क साम्पाङ,तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो । यु आर माई ट्रु लभ।’
मेयर हर्क साम्पाङले केही दिनयता काठमाडौंका मेयर बालेन साहलाई लगातार तारो बनाई स्टाटस लेखिरहेका थिए । लगातार स्टाटस लेख्दै प्रहार गरेपछि बालेनले पनि जवाफ फर्काएका हुन् ।
Advertisment