काठमाडौं : हिमालयन हाइड्रोपावर लिमिटेडले असोज २४ गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको हो ।
उक्त सभा वाटरफ्रन्ट रिसोर्ट लेक साइट पोखरा बिहान ११ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको १ः१ को अनुपातमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
यसका साथै सभाले कम्पनीको प्रस्तावित प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र हकप्रद निष्कासनको लागि नियामकको निर्देशन अनुसार सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।
Advertisment