Below Menu
Below Menu

नेपाल इन्भेष्टमेन्ट बैंकिङले २६ प्रतिशत लाभांश दिने, असोज २४ गते बोलायो साधारणसभा 

नेपाल इन्भेष्टमेन्ट बैंकिङले २६ प्रतिशत लाभांश दिने, असोज २४ गते बोलायो साधारणसभा 

काठमाडौं : नेपाल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले लाभांश घोषणा गरेको छ । भदौं १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २६.३१५७८९४७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

कम्पनीले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले हुन आउने ८ करोड १० लाख रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनका लागि १..३१५७८९४७ प्रतिशतका दरले हुन आउने ४२ लाख ६३ हजार १५७ दशलमव ८९ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले असोज २४ गते, १६ औँ वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभा सेन्ट्रल प्लाजा, तेस्रो तल्ला नारायणचौर, काठमाडौंमा बिहान साढे ११ बजे शुरु हुनेछ।

उक्त सभाले प्रस्तावित लाभांश वितरण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, स्वतन्त्र सञ्चालकहरुको पुनर्नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज १२ एक दिनका बुकक्लोज गर्ने भएको छ। जसअनुसार असोज १० गतेसम्म कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

Advertisment

थप समाचार