Below Menu
Below Menu

सत्ता परिवर्तनपछि नेप्से परिसूचकमा नकारात्मक सर्किट, कारोबार २० मिनेटका लागि स्थगित 

सत्ता परिवर्तनपछि नेप्से परिसूचकमा नकारात्मक सर्किट, कारोबार २० मिनेटका लागि स्थगित 

काठमाडौं : जेन–जी आन्दोलन पछि खुलेको पहिलो कारोबार नेप्से परिसूचक नकारात्मक सर्किट लागेर शेयर कारोबार २० मिनेटको लागि स्थगित भएको छ।  प्रि ओपन सेसनमा नै उच्च अंक घटेको नेप्से परिसूचक नियमित कारोबार खुलेको २ मिनेटमा नै १०७.०४ अंक घटेर नकारात्मक सर्किट लागेको हो।

यस अवधिसम्ममा १५ करोड ६६ लाख १६ हजार ९३७ रुपैयाँ ७० पैसा बराबरको ३ लाख ३४ हजार २७५ कित्ता शेयर कारोबार भएको छ।

सत्ता परिवर्तनपछि बजार बढ्नेमा लगानीकर्ताहरु उत्साहित रहेका थिए । तर, पहिलो कारोबार दिन नै परिसूचक नकारात्मक सर्किट लागेर शेयर कारोबार २० मिनेटको लागि स्थगित भएको छ।

यस अवधिको कारोबारमा ११ कम्पनीको शेयरमूल्य बढेको छ भने १८४ कम्पनीको शेयरमूल्य घटेको छ । 

Advertisment

थप समाचार