Below Menu
Below Menu

नेप्से परिसूचकमा दोस्रो नकारात्मक सर्किट ब्रेक, कारोबार ४० मिनेटका लागि स्थगित 

नेप्से परिसूचकमा दोस्रो नकारात्मक सर्किट ब्रेक, कारोबार ४० मिनेटका लागि स्थगित 

काठमाडौं : नेप्से परिसूचक दोस्रो पटक नकारात्मक सर्किट लागेर शेयर कारोबार ४० मिनेटको लागि स्थगित भएको छ।  प्रि ओपन सेसनमा नै उच्च अंक घटेको नेप्से परिसूचक नियमित कारोबार खुलेको २ मिनेटमा नै ४ प्रतिशतले घटेर पहिलो नकारात्मक सर्किट लागेको थियो । 

त्यसपछि ११ बजेर २२ मिनेटको खुलेको बजार ११ बजेर २३ मिनेटमा नै ५ प्रतिशत अर्थात १३३.५१ घटेपछि दोस्रो नकारात्मक सर्किट ब्रेक लागेको हो। यससँगै अब शेयर कारोबार ४० मिनेटका लागि स्थगित भएको छ।

यस अवधिसम्ममा २८ करोड ७५ लाख ५४८ रुपैयाँ ९ पैसा बराबरको छ लाख ३४ हजार ५३५ कित्ता शेयर कारोबार भएको छ।

यस अवधिको कारोबारमा ११ कम्पनीको शेयरमूल्य बढेको छ भने १९१ कम्पनीको शेयरमूल्य घटेको छ । 

Advertisment

थप समाचार