काठमाडौं : नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता आईपीओ जारी गर्न लागेको हो ।
कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । उक्त सम्झौतामा नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्र र लक्ष्मी सनराइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेड, नेपाल र नेपाल बाहिरका बिरामीहरुको लागि गुणस्तरीय स्वास्थ्य सेवामा एक विश्वसनीय नाम हो । नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडले सन् १९९३ मा ३० शैयाको सामान्य सुविधाको रुपमा आफ्नो यात्रा सुरु गरिको थियो र अहिले २०० शैयाको बहु–विशेषज्ञ अस्पतालको रुपमा सञ्चालनमा छ ।
यो ३०० शैयाको अस्पतालमा स्तरोत्रति गर्ने प्रक्रियामा छ । अत्याधुनिक पूर्वाधार र उन्नत चिकित्सा प्रविधिमा निरन्तर लगानीको साथ, बिरामीहरुले काठमाडौंमा नै विश्वव्यापी स्तरको हेरचाह प्राप्त गर्ने कुरा सुनिश्चित गरेका छन् ।
Advertisment