Below Menu
Below Menu

पञ्चशील बहुउद्देश्यीय सहकारीको २५औं साधारण सभा सम्पन्न, सदस्यहरुलाई १५ प्रतिशत लाभांश

अध्यक्षमा पुन: देवेन्द्र प्रसाद श्रेष्ठ

पञ्चशील बहुउद्देश्यीय सहकारीको २५औं साधारण सभा सम्पन्न, सदस्यहरुलाई १५ प्रतिशत लाभांश

काठमाडौं : ललितपुरको कुमारीपाटी स्थित पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २५ औं वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष देवेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभाले विभिन्न प्रस्ताव उपर छलफल गरी पारित गर्नुका साथै नयाँ सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति चयन गरेको छ ।

भाद्र २८ गतेका लागि तय भएको २५ औं वार्षिक साधारण सभा मुलुकमा देखिएको विषम परिस्थितिका कारण स्थगित भई असोज ३ गते (आज) भव्यताका साथ सम्पन्न गरेको हो । 
साधारण सभामा सञ्चालक समितिका अध्यक्षको आज्ञाले प्रमुख कार्यकारी अधिकृत राजु खतिवडाले सञ्चालक समितिको तर्फबाट आ.व. २०८१/०८२ को वार्षिक प्रगति प्रतिवेदन तथा आ.व. २०८२/०८३ को लागि नीति तथा कार्यक्रम, लक्ष्य र बजेट प्रस्तुत गरेका थिए । 

आर्थिक वर्ष ०८१/०८२ मा संस्थाको सेयर पुँजी १७ करोड ७७ लाख ८९ हजार ६ सय रुपैयाँ रहेको छ ।  यस अवधिमा संस्थाले २ अर्ब ९९ लाख ७२ हजार ३ सय ६९ रुपैयाँ ०८ पैसा बचत (निक्षेप) संकलन गरेको छ । संस्थाले यस अवधिमा २ अर्ब ६९ करोड ६१ लाख १५ हजार २ सय ११ रुपैयाँ कारोबार गर्न सफल भएको छ । त्यसैगरी संस्थाको जगेडा कोष तथा अन्य कोषमा ३२ करोड ९८ लाख ६९ हजार ५ सय ७५ रुपैयाँ जम्मा भएको प्रमुख कार्यकारी अधिकृत खतिवडाले जानकारी दिए । 

संस्थाले गत आ.व. ०८१/०८२ मा ९ करोड ९९ लाख ९३ हजार ७ सय ८९ रुपैंया ७१ पैसा नाफा आर्जन गरेको बताए । संस्थाले १ करोड ८१ लाख ०७ हजार ०३ सय ०६ रुपैयाँ ५४ पैसा आयकर तिरेको छ । त्यस्तै विभिन्न शिर्षकहरुमा ३ करोड २२ लाख ५३ हजार ३ सय ३९ रुपैयाँ राजस्वमा योगदान गरेको खतिवडाले बताए ।

मुलुकमा देखिएको आर्थिक संकट र विभिन्न संचार माध्यममार्फत फैलाईएको सहकारी प्रतिको नकारात्मक सन्देशका बावजुद पनि संस्थाले सदस्यहरुलाई लगानीको उच्चतम प्रतिफल प्रदान गर्न सफल भएकोमा सम्पूर्ण सदस्यहरुलाई बधाई तथा धन्यबाद ज्ञापन गरेका थिए । संस्थाले गत आवको नाफाबाट सदस्यहरुलाई १५ प्रतिशत लाभांश दिने सञ्चालक समितिको प्रस्ताव साधारण सभाले पारित गरेको छ ।

संस्थाका सचिव नारायण पोख्रेलले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष अमिता सिद्धि बज्रार्चायले उपस्थित सम्पूर्ण  शेयर सदस्यहरुलाई स्वागत गरेका थिए । सभामा कोषाध्यक्ष राम प्रसाद गिरी आर्थिक प्रतिवेदन, लेखा तथा सुपरीवेक्षण समितिको तर्फबाट समितिका संयोजन शेषराज दहालले प्रतिवेदन प्रस्तुत गरेका थिए।

कार्यक्रममा संस्थाका सल्लाहकार डा. डोल प्रसाद दाहाल र कर्जा उपसमितिका संयोजक वैजहरी भट्टराईले मन्तब्य व्यक्त गरेका थिए।

सभामा नियमित बचत गर्ने सदस्यहरु मध्येबाट ७५ वर्ष पुरा गरेका १७ जना जेष्ठ नागरिकहरुलाई चार्डपर्व खर्च उपलब्ध गराई सम्मान गरेको छ । त्यस्तै एसईई तथा प्स टूमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यहरुको एकाघर परीवारका सदस्यहरुलाई नगदसहित सम्मान गरिएको थियो । त्यसैगरी आ.व. ०८१/०८२ मा उत्कृष्ट कारोवार गर्नुहुने संस्थाका बचत सदस्य, आवधिक बचत सदस्य तथा उत्कृष्ट कर्जा कारोबार गर्ने सदस्यहरुलाई सम्मान गरिएको थियो ।

नयाँ सञ्चालक समिति चयन
साधारण सभाले आगामी ४ वर्षको लागि सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति सर्वसम्वत चयन गरेको छ । सभाले सञ्चालक समितिको अध्यक्षमा पुनः देवेन्द्र प्रसाद श्रेष्ठलाई चयन गरेको हो ।

त्यस्तै नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा राम प्रसाद गिरी, सचिवमा नारायण पोख्रेल, कोषाध्यक्षमा ज्ञानेन्द्र अधिकारी चयन गरेको छ । त्यस्तै सदस्यहरुमा राजेन्द्र शाक्य, जीवन देवी बज्राचार्य र अमिता सिद्धि बज्राचार्य चयन भएकी छिन् ।

त्यस्तै लेखा सुपरीवेक्षण समिति संयोजकको संयोजकमा शेषराज दाहाल चयन भएका छन् भने सदस्यहरुमा राम प्रसाद निरौला र रुपेश भट्टराई चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफ्नो प्रतिबद्धता व्यक्त गरेका थिए।

Advertisment

थप समाचार