काठमाडौं : सुयोग्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औं वार्षिक साधारण सभाले नयाँ सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति चयन गरेको छ ।
सभाले आगामी चार वर्षको लागि सात जना सञ्चालक समिति र ३ जना लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन गरेको हो ।
संस्थाको अध्यक्षमा टेक बहादुर लिम्बु, उपाध्यक्षमा पम्फा न्यौपाने र सदस्यहरुमा तामलाल भुसाल, श्रीचन्द्र तण्डुकार, खुशमाया श्रेष्ठ, भगीमाया थाम्सुहाङ र देउ प्रसाद लिम्बु चयन भएका छन् ।
त्यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा ओमकृष्ण श्रेष्ठ र सदस्यहरुमा रोशन खड्का र सोनी अधिकारी चयन भएका छन् ।
आर्थिक बर्ष २०८१/८२ को असार मसान्तसम्म संस्थाको शेयर पुँजी २ करोड ८७ लाख,६० हजार, बचत संकलन ३४ करोड ३ लाख ३३ हजार, ऋण लगानी २५ करोड ४ लाख ४९ हजार गरी ५३ लाख ८७ हजार मुनाफा आर्जन गरेको छ ।
गत बर्षको मुनाफाबाट ५ प्रतिशत लाभांश दिने प्रस्ताव सभाले पारित गरेको छ । संस्थामा १ हजार ५७० सदस्य आवद्ध रहेका छन् भने कुल सम्पत्ति ४१ करोड ९२ लाख ४८ हजार पुगेको छ ।
संस्थाको जगेडा कोषमा २ करोड ४० लाख रकम रहेको छ । संस्थाले संरक्षित पुँजी फिर्ता कोषबाट समेत सदस्यहरुलाई बचत र ऋणको कारोबारको आधारमा फिर्ता दिने भएको छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत सुमन कार्कीले बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस आवमा कुल सम्पत्तिमा २६ प्रतिशतले,बचत र ऋणमा २२ प्रतिशतले,जगेडा कोषमा १२ प्रतिशत र शेयरमा १० प्रतिशतले वृद्धि गर्ने लक्ष्य लिएको बताए ।
आर्थिक मन्दीका कारण ऋणको मागमा आएको कमी र ऋण असुलीमा समस्या भएको कारण गत बर्षको तुलनामा संस्थाको नाफमा केही कमी आएको भए पनि यस आबमा ४९ प्रतिशतले वृद्धि गर्ने लक्ष्य राखिएको उनले सभामा जानकारी दिए ।
Advertisment