Below Menu
Below Menu

बालाजु बस दुर्घटना: ३४ जना घाइते

बालाजु बस दुर्घटना: ३४ जना घाइते

काठमाडौं : काठमाडौंको बालाजुमा बस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन्। आइतबार बिहान काठमाडौँ महानगरपालिका–१६ स्थित बालाजु बाइपासमा बा. ५ ख ५० नम्बरको बस पल्टीदा ३४ जना घाइते भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिए । 

उनले भने, ‘३४ जना घाइते भएका छन् । काठमाडौंको विभिन्न अस्पतालहरुमा उनीहरुको उपचार भइरहेको छ । अहिले सम्म कसैको मृत्यु भएको छैन् ।’ उनका अनुसार बस आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो ।
 

Advertisment

थप समाचार