Below Menu
Below Menu

उच्च अकंले बढ्यो शेयर बजार, नौ अर्ब १७ करोडमाथिको कारोबार 

उच्च अकंले बढ्यो शेयर बजार, नौ अर्ब १७ करोडमाथिको कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १११.७० अंकले बढेर २६२३.६२ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से १६०.३३ अंकले घटेर २५११.९१ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका २२४ कम्पनीको शेयरमूल्य बढेको छ । भने २८ कम्पनीको शेयरमूल्य घटेको छ । 

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा नौ अर्ब १७ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा ७२ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज नेपाल रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ८३ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

आज कारोबारमा आएका कम्पनीमध्ये ९ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने २१ कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । 

सर्वाधिक मूल्य बढ्नेमा भूगो इनर्जी एण्ढ डेभलपमेन्ट, सिन्धु विकास बैंक, गुडबिल फाइननान्स, शिवम सिमेन्टस्, जोशी हाइड्रोपावर, आँखु खोला हाइड्रोपावर, बलेफी हाइड्रो, अपि पावर र हिमाल दोलखा हाइड्रोपावर कम्पनी रहेका छन् । 

आज यी कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ७.६४ प्रतिशतले घटेको छ । 
 

Advertisment

थप समाचार