Below Menu
Below Menu

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गको लाभांश घोषणा, असोज २७ गते बोलायो साधारणसभा

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गको लाभांश घोषणा, असोज २७ गते बोलायो साधारणसभा

काठमाडौं : नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ५ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीके करसहित २५ प्रतिशत अर्थात् ५ करोड रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेका हुन् । प्रस्तावित लाभांश पारित गर्न कम्पनीले असोज २७ गते १० औँ वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा कम्पनीको प्रधान कार्यालयको सभाहल कमलादी काठमाडौंमा बिहान ११ बजे हुनेछ । 

सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र चालु आर्थिक वर्षका लागि लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्नेछ ।

Advertisment

थप समाचार