Below Menu
Below Menu

टाइम फर्मास्युटिकल्सले १४.५४ प्रतिशत लाभांश दिने 

टाइम फर्मास्युटिकल्सले १४.५४ प्रतिशत लाभांश दिने 

काठमाडौं : टाइम फर्मास्युटिकल्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज १ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई १४.५४७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १४.५४७९ प्रतिशत अर्थात् पाँच करोड ३१ लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने घोषणा गरेका हुन् ।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले असोज २७ गते १०औँ वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा होटल सिराईचुली भरतपुर चितवनमा बिहान १० बजे हुनेछ । 

सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र चालु आर्थिक वर्षका लागि लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्नेछ ।

Advertisment

थप समाचार