Below Menu

तीन खर्बको आयात हुँदा ८८ प्रतिशतले बढ्यो निर्यात, व्यापार घाटा साढे दुई खर्ब ! 

तीन खर्बको आयात हुँदा ८८ प्रतिशतले बढ्यो निर्यात, व्यापार घाटा साढे दुई खर्ब ! 

काठमाडौं : पछिल्लो समय नेपालको वैदेशिक व्यापार सुधारोन्मुख देखिएको छ । चालु आर्थिक वर्षको भदौं मसान्तसम्मको तथ्यांक अनुसार आयात र निर्यात दुवै बढेको पाइएको हो ।

Sponsored Advertisement

भन्सार विभागको तथ्यांक अनुसार यस अवधिमा आयात १६.२३ प्रतिशत र निर्यात ८८.५७ प्रतिशतले बढेको छ । यस अवधिमा नेपालले साढे दुई खर्ब रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । 

विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा मुलुकले दुई खर्ब ५७ अर्ब ८३ करोड ७४ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको हो । गत वर्षको तुलनामा व्यापार घाटा ८.५९ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा नेपालले दुई खर्ब ३७ अर्ब ४४ करोड ९५ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको थियो ।

यस अवधिमा नेपालको वैदेशिक व्यापार २२.५४ प्रतिशतले बढेको छ । भदौं मसातसम्म नेपालले तीन खर्ब ५२ अर्ब ४७ करोड २७ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । जबकी गत आवको सोही अवधिमा दुई खर्ब ८७ अर्ब ६३ करोड ५७ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।  

तीन खर्बमाथिको आयात, निर्यात ८८.५७ प्रतिशतले बढ्यो

विभागका अनुसार यस अवधिमा आयात र निर्यात दुवैमा सुधार देखिएको छ । दुई महिनामा झण्डै  मसान्तसम्म तीन खर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको भने ४७ अर्बमाथिको वस्तु तथा सेवा निर्यात भएको छ ।

विभागका अनुसार यस अवधिमा तीन खर्ब ५ अर्ब १५ करोड ५० लाख रुपैयाँ बराबरको वस्तु आयात भएको हो । गत वर्षको सोही अवधिमा दुई खर्ब ६२ अर्ब ५४ करोड २६ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । 

यस अवधिमा ४७ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । गत वर्ष २५ अर्ब ९ करोड ३१ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात भएको थियो ।
 

Sponsored Advertisment

थप समाचार