काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५८.६३ अंकले बढेर २६८२.२५ बिन्दुमा बन्द भएको हो । आइतबार नेप्से ११६.०१ अंकले बढेर २६२७.९३ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका २३८ कम्पनीको शेयरमूल्य बढेको छ । भने १४ कम्पनीको शेयरमूल्य घटेको छ ।
शेयर बजार बढे पनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा पाँच अर्ब २९ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।आइतबार नेप्सेमा नौ अर्ब १७ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज नेपाल रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३८ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा सप्तकोशी डेभलपमेन्ट बैंक र जोशी हाइड्रोपावर कम्पनी रहेका छन् । आज यी कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज प्रभु स्मार्ट फण्ड कम्पनीको शेयरमूल्य ४.३० प्रतिशतले घटेको छ ।
Advertisment