काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन कम्पनीको शतप्रतिशत हकप्रद शेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेले कम्पनीको १०० प्रतिशत हकप्रद शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार कम्पनीको ६१ लाख २७ हजार ९३८ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ ।
Advertisment