कास्की : पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडक २४औं वार्षिक साधरण सभाले नयाँ सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति निर्वारोध चयन गरेको छ ।
संस्थाको अध्यक्षमा पुनः रूद्र कुमारी गुरूङ चयन भएकी छिन् । संस्थाको नवनिर्वाचित उपाध्यक्षमा चन्द्र प्रसाद गुरूङ, सचिबमा केशव प्रसाद ढकाल, कोषाध्यक्षमा सूर्य मोहन ढकाल रहेका छन् । त्यस्तै सञ्चालक सदस्यहरुमा एक बहादुर गुरूङ, खिम कुमारी गुरूङ, जङ्ग बहादुर गुरूङ, हिरालाल श्रेष्ठ र पूर्णिमा अधिकारी रहेका छन् ।
त्यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा नारायण सुवेदी चयन भएका छन् भने सदस्यहरुमा अपीला ढकाल र दुर्लब थापा निर्वाचित भएका छन् ।
संस्थाको २४औं वार्षिक साधरण सभा तीन वटा एकाईमा सम्पन्न भएको थियो । असोज ३ गते प्रधान कार्यालय एकाई सभा रोयल दिदिबहिनी किचनमा सम्पन्न भएको थियो ।
त्यस्तै असोज ४ गते भण्डारढिक सेवा केन्द्र र मोहरिया सेवा केन्द्रको एकाई सभा शुभम् पार्टी प्यालेस तालचोकमा भएको थियो भने दुलेगौंडा सेवा केन्द्रको एकाई सभा नेवार समाज भवन दुलेगौंडामा सम्पन्न भएको थियो ।
दुबै एकाईबाट छनौट भएका प्रतिनिधिहरुको निर्णय प्रमाणित सभा असोज ६ गते (सोमबार) सम्पन्न भएको थियो ।
Advertisment