मञ्जुश्री फाइनान्सले १५ प्रतिशत लाभांश दिने 

मञ्जुश्री फाइनान्सले १५ प्रतिशत लाभांश दिने 

काठमाडौं : मञ्जुश्री फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत करसहित नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीको असोज ७ गते बसेका सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१÷८२ को संचित मुनाफा तथा वित्तीय विवरणको आधारमा सो दरमा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

थप समाचार