काठमाडौं : नबिल स्टक डिलरसहित विभिन्न नौ कम्पनीहरुले साधारणसभा बोलाएका छन् । कम्पनीहरुले शेयरधनीहरुमा लाभांश वितरण गर्ने, हकप्रद शेयर जारी गर्ने, आईपीओ निष्कासन र मर्जर प्रस्ताव पारित गर्न साधारणसभा बोलाएका हुन् ।
शिवम् होल्डिङग्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौं २२ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई २.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको करसहित २.५० प्रतिशत अर्थात् ११ करोड ६० लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेका हुन् । प्रस्तावित लाभांश पारित गर्न कम्पनीले असोज ३१ गते ४ औँ वार्षिक साधारण सभा बोलाएको छ ।
उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालयको सभाहल अनामनगर काठमाडौंमा बिहान ११ बजे हुनेछ । सभाले आर्थिक वर्ष २०८१÷८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र चालु आर्थिक वर्षका लागि लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्नेछ ।
सन लाइफ क्यापिटल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ७ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीके करसहित ९ प्रतिशत अर्थात् दुई करोड १४ लाख २० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेका हुन् ।
प्रस्तावित लाभांश पारित गर्न कम्पनीले असोज २९ गते ४ औँ वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा कम्पनीको केन्द्रीय कार्यालय पुतलीसडक काठमाडौंमा बिहान ९ बजे हुनेछ ।
सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र चालु आर्थिक वर्षका लागि लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्नेछ ।
नेशनल म्यानेजमेन्ट फण्ड लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ७ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई ४.२१०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत अर्थात् तीन करोड २४ लाख रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.२१०५ प्रतिशत बराबरको १७ लाख ५ हजार २६० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेका हुन् ।
प्रस्तावित लाभांश पारित गर्न कम्पनीले असोज ३० गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा होटल अलफ्ट ठमेल काठमाडौंमा बेलुकी ५ बजे हुनेछ ।
सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र चालु आर्थिक वर्षका लागि लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्नेछ ।
यसका साथै सभाले कम्पनीको नियमावलीमा भएको ५० रुपैयाँ अंकित शेयरमूल्यलाई परिवर्तन गरी १०० रुपैयाँ कायम गर्ने, कम्पनीको अधिकृत, चुक्ता र जारी पुँजी वृद्धि गर्ने र जारी पुँजीको २० प्रतिशतका दरले सर्वसाधारणमा शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज १९ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । जसअनुसार असोज १८ गतेसम्म कायम शेयरधनीहरुले कम्पनीको साधारणसभामा भाग लिन र कम्पनीले वितरण गने लाभांश पाउनेछन् ।
नबिल स्टक डिलर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ७ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको करसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेका हुन् । प्रस्तावित लाभांश पारित गर्न कम्पनीले असोज ३१ गते ४औँ वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय तीनधारा दरबारमार्ग काठमाडौंमा बिहान ११ बजे हुनेछ ।
सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र चालु आर्थिक वर्षका लागि लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्नेछ ।
हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ५ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेका हुन् । प्रस्तावित लाभांश पारित गर्न कम्पनीले असोज २९ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लिबजार काठमाडौंमा दिउँसो ३ बजे हुनेछ ।
सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र चालु आर्थिक वर्षका लागि लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्नेछ ।
यसका साथै सभाले हकप्रद शेयर निष्कासन गर्ने, हकप्रद शेयर निष्काशन पश्चात साविकको जारी र चुक्ता पुँजीमा हुने वृद्धि अनुसार कम्पनीको प्रवन्धपत्र र नियमावली तथा अन्य सम्बन्धित निकायहरुबाट कुनै संशोधन, फेरबदल वा थपघट गर्न कुनै सुझाव वा निर्देशन प्राप्त भएमा सोही बमोजिम आवश्यक संशोधन गर्न संचालक समितिलाई वा संचालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी पत्यायोजन गर्ने प्रस्ताव पारित गर्नेछ ।
यसका साथै सभाले अन्य कुनै एक वा एकभन्दा बढी धितोपत्र दलाल व्यवसायी संस्थाहरुसँग एक आपसमा गाभ्ने÷गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) गर्ने सम्बन्धमा आवश्यकता अनुसार मर्जर प्राप्ति समिति गठन गर्ने, उपयुक्त धितोपत्र दलाल व्यवसायीसँग समझदारी गर्ने, सम्पत्ति, दायित्व तथा कारोबारको मुल्यांकन गर्न मान्यता प्राप्त मुल्यांकनकर्ताको पारिश्रमिक तोक्ने, शेयर आदान प्रदान अनुपात निर्धारण गर्ने, गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) गर्न अन्तिम सम्झौता गर्ने लगायतका मर्जर तथा एक्विजिसनसँग सम्बन्धित आवश्यक सम्पुर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।
सुन्धारा सेक्युरिटिज कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ७ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत करसहित नगद लाभांश वितरण गर्ने घोषणा गरेका हुन् । प्रस्तावित लाभांश पारित गर्न कम्पनीले असोज २९ गते १८ औँ वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय बागदरबार काठमाडौंमा दिउँसो ५.३० बजे हुनेछ ।
सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र चालु आर्थिक वर्षका लागि लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्नेछ ।
इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ७ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश पारित गर्न कम्पनीले असोज २९ गते १८ औँ वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा कम्पनीको मुख्य कार्यालय अनामनगर काठमाडौंमा दिउँसो ४.३० बजे हुनेछ ।
सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र चालु आर्थिक वर्षका लागि लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्नेछ ।
यसका साथै सभाले सञ्चालक समितिको प्रस्ताव बमोजिमको बोनस शेयर वितरण गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने, बोनस शेयर वितरण पश्चात सोही हदसम्म कायम हुने गरी चुक्ता पुँजी वृद्धि अद्यावधिक गर्न प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र जारी पुँजी वृद्धि गरी ८० करोड कायम गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
दूधपोखरी चेपे हाइड्रोपावर लिमिटेडले असोज ३० गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको हो ।
उक्त सभा होटल क्राउन इम्पेरियल रविभवन काठमाडौंमा दिउँसो २ बजे शुरु हुनेछ । सभाले आईपीओ निष्कासन गर्ने, गत आवको वित्तीय विवरणमाथि छलपल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्ती गरी निजको पारिश्रकि निर्धारण गर्ने लगायतका प्रस्वात पारित गर्नेछ ।
नेपाल इन्फ्रास्ट्रम्चर्स इन्भेष्टमेन्ट फण्ड लिमिटेडले असोज २९ गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको हो ।
उक्त सभा लक्ष्मी कम्लेक्स छैठौंँ तल्ला हात्तिसार काठमाडौंमा दिउँसो ११ बजे शुरु हुनेछ । सभाले आईपीओ निष्कासन गर्ने, गत आवको वित्तीय विवरणमाथि छलपल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्ती गरी निजको पारिश्रकि निर्धारण गर्ने लगायतका प्रस्वात पारित गर्नेछ ।
साथै सभाले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज २२ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । जसअनुसार असोज २१ गतेसम्म कायम शेयरधनीहरुले कम्पनीको साधारणसभामा भाग लिन पाउनेछन् ।
Advertisment