Below Menu
Below Menu

नेप्से परिसूचकमा उच्च अंकको गिरावट, कारोबार रकम पनि खुम्चियो 

नेप्से परिसूचकमा उच्च अंकको गिरावट, कारोबार रकम पनि खुम्चियो 

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार उच्च अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २७.८९ अंकले घटेर २६५४.३५ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ५८.६३ अंकले बढेर २६८२.२५ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ५३ कम्पनीको शेयरमूल्य बढेको छ । भने १९३ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै पाँच कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा चार अर्ब १२ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा पाँच अर्ब २९ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज युनियन हाइड्रोपावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २२ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा माथिल्लो मैलुङ खोला जलविद्युत, सिटि होटल्स र हिम स्टार उर्जा कम्पनी रहेका छन् । आज यी कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज उन्न्ति सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ५.३८ प्रतिशतले घटेको छ । 
 

Advertisment

थप समाचार