काठमाडौं : नेपाल ल्यूब आयल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज १२ गतेदेखि ३१ गतेसम्म बुकक्लोज गर्दैछ।
जसअनुसार आजसम्म कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २१.०५२६४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
उक्त बोनस शेयर वितरणको प्रस्ताव पारित गर्न कम्पनीले असोज ३१ गते, ३४ औँ वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभा द प्लाजा, पुल्चोक, ललितपुरमा बिहान साढे ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि १.०५२६४ प्रतिशत नगद लाभांश वितरण गर्ने र २०० प्रतिशत हकप्रद शेयर निष्काशन गरी प्राप्त रकमको उपयोग गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालकहरुको नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
Advertisment