Below Menu

गुराँस लघुवित्तको लाभांश प्रस्ताव, बोनस र नगद कति ? 

गुराँस लघुवित्तको लाभांश प्रस्ताव, बोनस र नगद कति ? 

काठमाडौं : गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज ८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

Sponsored Advertisement

लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले हुन आउने एक करोड ६५ लाख ८ हजार ५५३ दशमलव ७५ रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.७५ प्रतिशतका दरले हुन आउने आड लाख ६८ हजार ८७१ दशमलव २५ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई वितरण गरिनेछ।

थप समाचार