Below Menu
Below Menu

सानिमा सेक्युरिटिजले ५ प्रतिशत नगद लाभांश दिने  

सानिमा सेक्युरिटिजले ५ प्रतिशत नगद लाभांश दिने  

काठमाडौं : सानिमा सेक्युरिटिज कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ८ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत अर्थात एक करोड रुपैयाँ करसहित नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । प्रस्तावित लाभांश पारित गर्न कम्पनीले असोज ३१ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय पुतलीसडक काठमाडौंमा दिउँसो १ बजे हुनेछ । 

सभाले आर्थिक वर्ष २०८१र८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र चालु आर्थिक वर्षका लागि लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्नेछ ।

Advertisment

थप समाचार