Below Menu
Below Menu

सानिमा क्यापिटलद्वारा १२ प्रतिशत लाभांश घोषणा 

सानिमा क्यापिटलद्वारा १२ प्रतिशत लाभांश घोषणा 

काठमाडौं : सानिमा क्यापिटल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ८ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १२ प्रतिशत अर्थात तीन करोड रुपैयाँ करसहित नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । प्रस्तावित लाभांश पारित गर्न कम्पनीले असोज ३० गते १० औँ वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय सममार्ग नक्साल काठमाडौंमा दिउँसो ३ः ०० बजे हुनेछ । 

सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र चालु आर्थिक वर्षका लागि लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्नेछ ।

Advertisment

थप समाचार