काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार झिनो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २.३५ अंकले घटेर २६५२.०० बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से २७.८९ अंकले घटेर २६५४.३५ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १०७ कम्पनीको शेयरमूल्य बढेको छ । भने १३९ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै पाँच कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा तीन अर्ब २६ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा चार अर्ब १२ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज नेपाल रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३० करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा हिम स्टार उर्जा कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज सिटि होटल्सको शेयरमूल्य ७.५५ प्रतिशतले घटेको छ ।
Advertisment