Below Menu
Below Menu

साकोस सुदृढीकरण र संरक्षणका लागि ‘स्क्यान’, ७ सय सहकारीमा नेफ्स्कूनको निगरानी

कस्तो छ नेफ्स्कूनको वित्तीय अवस्था?

साकोस सुदृढीकरण र संरक्षणका लागि ‘स्क्यान’, ७ सय सहकारीमा नेफ्स्कूनको निगरानी

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले नियमित निरिक्षण अनुगमन कार्यक्रम (स्क्यान) मार्फत सात सय सहकारीको निरिक्षण तथा अनुगमन गर्ने भएको छ । 

संघले सदस्य संघ/संस्थाहरुको नियमित रुपमा निरीक्षण तथा अनुगमन गरी जोखिमको स्तर निर्धारण, जोखिम व्यवस्थापन र गुणस्तर सुनिश्चित गर्न ‘स्क्यान’ सार्वजनिक गरिएको नेफ्स्कूनले जनाएको छ । नेफ्स्कूनले बिहीबार पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरी ‘स्क्यान’ कार्यक्रममार्फत् पहिलो चरणमा ७ सय संस्थाहरुको नियमित अनुगमन गर्ने नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले जानकारी दिए ।

‘स्क्यान’ स्तरीकरण कार्यक्रम एक्सेस, प्रोवेसन तथा कर्बसको सिकाईका आधारमा थप परिमार्जन सहितको कार्यक्रम रहेको उनले स्पष्ट पारे । ‘स्क्यान’ गुणस्तर सुनिश्चितता, जोखिम सुपरिवेक्षण, व्यवस्थापकीय क्षमता विकास, स्वनियमन र नियामकीय सक्षमता विकासको एकिकृत स्वरुप रहेको उनको भनाई छ ।

नियमित निरीक्षण तथा अनुगमन गरी देखिएको जोखिम व्यवस्थापन गर्न सदस्यहरुको लागत सहभागितामा यो कार्यक्रम सञ्चालन हुने सापकोटाले बताए । संघमा आवद्ध सदस्यहरुलाई सुरक्षित र स्वस्थ बनाउनु ‘स्क्यान’को विशिष्ट उद्देश्य रहेको सीईओ सापकोटाले बताए । संस्थाले पेश गरेको विवरणहरुको आधारमा सामान्य, जोखिम उन्मुख, शंकास्पद र घातक गरी चार स्तर निर्धारण गरी जोखिम स्तरको प्रमाण पत्र नेफ्स्कूनले उपलब्ध गराउने छ ।

संघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संघमा आवद्ध संस्थाहरुको नियमित रुपमा  निरिक्षण तथा अनुगमन स्क्यान कार्यक्रम सुरु भैसकेको बताए । बचत ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको केन्द्रीय संघ नेफ्स्कून भएको र सात सय संस्था पहिलो चरणमा स्क्यानमा आवद्ध गर्न योग्य रहेको उनको भनाई छ ।

स्क्यानमार्फत् संस्थाहरुको वास्तविक अवस्था र सुधारको लागि संघले फिडव्याक दिई सदस्यहरुको बचतको सुरक्षाको लागि यसले सघाउने उनले जानकारी दिए । एम आई एस प्रणालीमार्फत् सदस्य सुपरिवेक्षण एकाईबाट निरन्तर सुपरिवेक्षण तथा तोकिए बमोजिमको स्थलगत अनुगमनका लागि प्रत्येक सदस्य संस्थाको वासलातको आकारमा संस्थाहरुको नियमन तथा अनुगमन अगाडि बढाइएको उनको भनाई छ ।

पहिलो चरणमा संस्थाहरु स्क्यान कार्यक्रममा आवद्ध हुन सम्झौता गर्नुपर्ने र त्यसपछि संस्थाहरुको वित्तीय अवस्थाको आधारमा संस्थाहरुको वर्गिकरण गरीअनुगमनको काम अगाडि बढाइने अध्यक्ष ढकालले बताए । संस्थाहरु स्क्यानमा आवद्ध भएपछि साप्ताहिक वा मासिक रुपमा रिपोट बुझाउनुपर्ने र त्यसकै आधारमा संस्थाहरुलाई सुधार गर्दै लैजाने उनले प्रष्ट पारे । प्राधिकरणमा अभिलेखिकरण हुनु भन्दा पहिला सबै संस्थाहरु हरेक पक्षमा योग्य हुनुपर्छ भन्ने मान्यताले यो कार्यक्रम ल्याइएको उनले बताए ।

संस्थाहरुको सुधारको लागि स्क्यान कार्यक्रम ल्याइएको र यो शुल्क उठाउनको लागि मात्र ल्याइएको हो की भनेर नबुझ्न उनको आग्रह छ । स्क्यानमा आवद्ध नभएका संस्थाहरुबाट बचत नलिने र ऋण लगानी समेत नगर्ने उनले सुनाए । सहकारी संस्थाहरुको समस्यालाई क्रमश सुधार गर्दै शुन्यमा लैजानु नै यो कार्यक्रमको उदेश्य रहेको उनले प्रष्ट पारे । सदस्य संस्थाहरुको नियमन गर्न संघले स्थलगत तथा गैर स्थलगत सुुपरिवेक्षणको कार्य अगाडि बढाइएको उनको भनाई छ । संघले संस्थाहरुले ऋण लिँदा दिइएको धितो लिलाम गरी ल्याइसकेको र ढिलो चाँडो विक्री हुने हुँदा समस्या क्रमश सुधार हुदै जाने अध्यक्ष ढकालले बताए ।  धितोलाई विक्री गरी नगदमा परिवर्तन गर्नु अहिलेको मुख्य चुनौती रहेको उनले सुनाए ।

संघमा आवद्ध सबै संस्थामा पुग्ने गरी नेफ्स्कूनले कार्यक्रम तय गरेको र त्यसका लागि ६८ जना कर्मचारी व्यवस्थापन गरी फिल्डमा खटाइएको सीईओ सापकोटाले बताए । एक्सेस, प्रोवशन र कब्र्स कार्यक्रममा आवद्ध भएका सबै सहकारी संस्था पनि स्क्यानमा आवद्ध हुनुपर्ने र सहकारी विभागबाट यो कार्यक्रमको स्वीकृत लिइएको उनले जानकारी दिए । सहकारी संस्थाहरुको गुणस्तर सुनिश्चतता गर्न यो कार्यक्रम प्रभावकारी हुने समेत उनको भनाई छ ।

यस्तो छ नेफ्स्कूनको वित्तीय अवस्था
मुलुकभर १० हजारको हारहारीमा बचत ऋण सहकारी संस्था रहेकोमा ४ संस्था नेफ्स्कूनमा आवद्ध छन् ।

नेफ्स्कूनको शेयर पुँजी १ अर्ब ४६ करोड, बचत १८ अर्ब ९९ करोड, ऋण लगानी ७ अर्ब, गैर बैकिङ्ग सम्पत्ति २ अर्ब ३० करोड, जगेडा तथा अन्य कोष ७० करोड ८० लाख, भाखा नाघेको ऋण १ अर्ब ७ करोड र ऋण जोखिममा व्यवस्थापनमा १ अर्ब ८ करोड रहेको छ ।

नेफ्स्कूनले अव बहस पैरवी, अन्तर लगानी, सदस्य अनुगमन, साझा प्रविधि र असल अभ्यास आन्तरिकीकरणको क्षेत्रमा मात्र काम गर्ने सिईओ सापकोटाको भनाई छ । बचत तथा ऋण सहकारीमा ५९ लाख सदस्य आवद्ध रहेको र ती संस्थामार्फत् ६ खर्ब ९० अर्ब पुँजी परिचालन भएको नेप्स्कूनको तथ्याङ्क छ ।

Advertisment

थप समाचार