काठमाडौं : आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज ११ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले हुन आउने आठ करोड २५ लाख २७ हजार १५३ दशमलव ३६ रुपैयाँ बराबरको करसहित नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई वितरण गरिनेछ।
Advertisment