Below Menu
Below Menu

भगवति हाइड्रोपावरले २० प्रतिशत लाभांश दिने, कात्तिक २ गते बोलायो साधारणसभा 

भगवति हाइड्रोपावरले २० प्रतिशत लाभांश दिने, कात्तिक २ गते बोलायो साधारणसभा 

काठमाडौं : भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज १० गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १४ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । प्रस्तावित लाभांश पारित गर्न कम्पनीले कात्तिक २ गते २५ औँ वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा आव्या क्लब, घारीपाटन, पोखरामा बिहान ११ बजे हुनेछ । 

सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनमाथि छलफल गर्ने चालु आवका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्ने, कम्पनीको जारी पूँजी वृद्धि गर्ने, सो अनुसार कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने, सञ्चालक समितिको गटन र संख्या परिवर्तन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।छ ।

Advertisment

थप समाचार