Below Menu
Below Menu

श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओमा सर्वसाधारणले असोज २६ गतेदेखि आवेदन दिन पाउने

श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओमा सर्वसाधारणले असोज २६ गतेदेखि आवेदन दिन पाउने

काठमाडौं : श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले असोज २६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो । कम्पनीले जारी पूँजी एक अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत अर्थात ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५०० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।
जसमध्ये एक करोड ६३ लाख १२ हजार ५०० रुपैयाँ बराबरको एक लाख ६३ हजार १२५ कित्ता आयोजना प्रभावित स्थानीयका लागि र तीन करोड ९ लाख ९३ हजार रुपैयाँ बराबरको तीन लाख ९ हजार ९३८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।

त्यस्तै सामूहिक लगानी कोषहरुका लागि एक लाख ५४ हजार ९६९ कित्ता कित्ता र कर्मचारीहरुका लागि एक लाख २३ हजार ९७५ कित्ता शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ। बाँकी रहेको २५ करोड १० लाख ४९ हजार ३०० रुपैयाँबराबरको २५ लाख १० हजार ४९३ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीको शेयरमा असोज २९ गतेसम्म आवेदन दिन सकिने छ भने ढिलोमा कात्तिक ९गतेसम्म निष्कासनमा रहने छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इम्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

Advertisment

थप समाचार