Below Menu
Below Menu

दोहोरो अंकले सुधारियो शेयर बजार, बढ्न सकेन कारोबार 

दोहोरो अंकले सुधारियो शेयर बजार, बढ्न सकेन कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ११.५१ अंकले बढेर २६६३.५१ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से २.३५ अंकले घटेर २६५२.०० बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १७० कम्पनीको शेयरमूल्य बढेको छ । भने ६९ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै १२ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा दुई अर्ब ९३ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा तीन अर्ब २६ करोड चार लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज नेपाल रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३० करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा ग्लोबल आईएमई समुन्नत योजना–२ रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज सिक्लेस हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । 
 

Advertisment

थप समाचार