Below Menu
Below Menu

चार वाणिज्य बैंकसहित झण्डै दुई दर्जन कम्पनीहरुको लाभांश घोषणा, कुनको कति ? 

चार वाणिज्य बैंकसहित झण्डै दुई दर्जन कम्पनीहरुको लाभांश घोषणा, कुनको कति ? 

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत झण्डै दुई दर्जन कम्पनीहरुले गत आर्थिक वर्ष मुनाफाबाट शेयधनीहरुलाई लाभांश प्रस्ताव गरेका छन् ।

हालसम्म तीन वाणिज्य बैंकसहित विभिन्न क्षेत्रका उक्त सूचीकृत कम्पनीहरुले न्युनतम् ६ प्रतिशतदेखि अधिकतम् २१ प्रतिशतसम्म लाभांश वितरण गर्ने घोषणा गरेका हुन् ।

यस अवधिसम्ममा चार वाणिज्य बैंक, दुई विकास बैंक, दुई माइक्रोफाइनान्स, एक फाइनान्स, छ वटा हाइड्रोपावर, दुई वटा इन्भेष्टमेन्ट कम्पनी लगायतका कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । कतिपय कम्पनीहरुले प्रस्तावित लाभांश पारित गर्न वार्षिक साधारण सभा र बुक क्लोजको मिति समेत बोलाइसकेका छन् । 

लाभांश घोषणा गरेका मध्ये सबैभन्दा बढी लाभांश घोषणा गर्ने कम्पनीमा  नेपाल ल्यूव आयल लिमिटेड रहेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद  गरी कुल २०.०५३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

त्यसैगरी एभरेष्ट बैंकले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई ६ प्रतिशत बोनस शेयर १४ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश घोषणा गरेको छ भने सिटिजन्स इन्टरनेशनल बैंकले ५ प्रतिशत बोनस शेयर र ०.२६३ प्रतिशत नगद गरी कुल ५.२६३० प्रतिशत लाभांश घोषणा गरेको छ । 
। 

त्यसैगरी माछापुच्छ्रे बैंकले चार प्रतिशत बोनस र चार प्रतिशत नगद गरी कुल ८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ भने सानिमा बैंकले ७.३६८५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । 

विकास बैंकतर्फ मुक्तिनाथ विकास बैंकले १३.५३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ४.६७ प्रतिशत नगद गरी १८.२० प्रतिशत र कामना सेवा विकास बैंकले १० प्रतिशत बोनस र ५.७९ प्रतिशत नगद गरी १५.७९ प्रतिशत लाभांश घोषणा गरेका छन् । 

फाइनान्सतर्फ मञ्जुश्री फाइनान्स कम्पनीले गत आवको मुनाफाबाट १५ प्रतिशत करसहित नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

हाइड्रोपावरतर्फ सिक्लेस र मिडसोलु हाइड्रोपावरले क्रमश १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद गरी कुल १५.७८९ प्रतिशत, अरुण भ्याली हाइड्रोपावरले ८ प्रतिशत बोनस र ०.४२१ प्रतिशत नगद गरी कुल ८.४२१ लाभांश घोषणा गरेका छन् ।

भगवती हाइड्रोपावरले १४ प्रतिशत बोनस र ६ प्रतिशत नगद गरी  कुल २० प्रतिशत, युनिभर्सल पावर कम्पनीले ९ प्रतिशत बोनस र ०.४७३७ प्रतिशत नगद गरी ९.४७३७ प्रतिशत र हिल्टन हाइड्रो इनर्जीले ५.२६३ प्रतिशत नगद लाभांश दिने भएको छ । 

नेप्सेमा सूचीकृत इन्भेष्टमेन्ट कम्पनीतर्फ हाथवे इन्भेष्टमेन्ट नेपालले १२ प्रतिशत बोनस शेयर र ०.६३२ प्रतिशत नगद गरी कुल १२.६३२ प्रतिशत र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ६.३१६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

अन्य कम्पनीहरुमा युनिलिभर नेपालले गत आवको मुनाफाबाट प्रतिकित्ता एक हजार ८४२ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । 

माइक्रोफाइनान्सतर्फ आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । 

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले हुन आउने आठ  करोड २५ लाख २७ हजार १५३ दशमलव ३६ रुपैयाँ बराबरको करसहित नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

त्यस्तै गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । 

लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले हुन आउने एक करोड ६५ लाख ८ हजार ५५३ दशमलव ७५ रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.७५ प्रतिशतका दरले हुन आउने आड लाख ६८ हजार ८७१ दशमलव २५ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

११ मर्चेन्ट बैंकहरुको लाभांश घोषणा 

हालसम्म नेप्सेमा सूचीकृत ११ मर्चेन्ट बैंकहरुले लाभांश घोषणा गरेका छन् । कम्पनीहरुले गत आवको मुनाफाबाट ७ प्रतिशतदेखि ३० प्रतिशतसम्म लाभांश दिने घोषणा गरेका हुन् । 

लाभांश घोषणा गरेका अधिकांश कम्पनीहरुले नगद लाभांश दिएका छन् । जसमा आरवीवी मर्चेन्ट बैंकिङले २० प्रतिशत, सानिमा क्यापिटलले १२ प्रतिशत, सनलाइफ क्यापिटलले ९ प्रतिशत र नेपाल एसबीआई मर्चेन्ट बैंकिङले २५ प्रतिशत नगद लाभांश दिने भएका छन् । 

त्यस्तै, ग्लोबल आईएमई क्यापिटलले २० प्रतिशत, मुक्तिनाथ क्यापिटलले ९ प्रतिशत, ज्योति क्यापिटलले ७ प्रतिशत, सिद्धार्थ क्यापिटलले ३० प्रतिशत कुमारी क्यापिटलले १७ प्रतिशत नगद लाभांश दिने भएका छन् । 

नबिल इन्भेष्टमेन्ट बैंकिङ गत आवको मुनाफाबाट शेयरधनीहरुलाई २५ प्रतिशत बोनस र १.३१५८ प्रतिशत नगद लाभांश दिने भएको छ भने प्रभु क्यापिटलले ४ प्रतिशत बोनस र ८.६३१६ प्रतिशत नगद लाभांश दिने भएको छ ।
 

Advertisment

थप समाचार