भगवति हाइड्रोपावर डेभलपमेन्टको शेयरमूल्य समायोजन

भगवति हाइड्रोपावर डेभलपमेन्टको शेयरमूल्य समायोजन

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य समायोजन भएको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली अर्थात असोज २१ गते एक दिनका लागि बुकक्लोज गर्दैछ।

नेप्से दशैँ अघिको अन्तिम कारोबार मूल्यको आधारमा सोमबार कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। नेप्सेले कम्पनीको १४ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन गरेको हो। नेप्सेका अनुसार कम्पनीको शेयरमूल्य ८२५.३५ रुपैयाँमा समायोजन भएको छ । 

दशैँ अघिको कारोबारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता ९४०.९० अन्तिम कारोबार भएको थियो। समायोजित मूल्यलाई आधार मानेर भोली कम्पनीको शेयर कारोबार खुल्नेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि सहित ६ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले कात्तिक २ गते, आइतबार, २५ औँ वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा आव्या क्लब, घारीपाटन, पोखरामा बिहान ११ बजे शुरु हुनेछ।

सभाले प्रसतावित लाभांशसँगै कम्पनीको जारी पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र संशोधन गर्ने, सञ्चालक समितिको गठन र संख्या परिवर्तन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

थप समाचार