Below Menu
Below Menu

मञ्जुश्री फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

मञ्जुश्री फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

काठमाडौं : मञ्जुश्री फाइनान्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका भोली अर्थात असोज २२ गते बुकक्लोज गर्दैछ।

जसअनुसार आजसम्म नेप्सेमा कायम शेयरधनीहरुले फाइनान्सको साधारण सभामा भाग लिन र फाइनान्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रस्तावित लाभांश पारित गर्न फाइनान्सले असोज ३१ गते, शुक्रबार,  १८ औँ वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभा थापागाउँ ब्याङ्केट, थापागाउँ, नयाँ बानेश्वरमा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत करसहित नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

Advertisment

थप समाचार