काठमाडौं : बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुले ठूला सेयर सदस्य, बचतकर्ता सदस्य र ऋणी सदस्यको विवरण राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा पठाउनु पर्ने भएको छ । सहकारीहरुले ठूला १०० सेयर सदस्यको विवरण, ठूला ११ बचतकर्ता सदस्यको विवरण र ठूला १०० ऋणी सदस्यको विवरण अनिवार्य रुपमा प्राधिकरण पठाउनु पर्ने भएको हो ।
जसमा नाम, ठेगाना र रकम (सेयर रकम, बचत रकम र ऋण रकम) समेत पठाउनु पर्नेछ ।
प्राधिकरणले ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड, २०८२ (प्रथम संशोधन)’ जारी गर्दै उक्त व्यवस्था गरेको हो । अब बचत तथा ऋणको मुख्य कारोबार गर्ने सबै प्रकृतिका सहकारीहरु प्राधिकरणमा दर्ता हुनुपर्नेछ । प्राधिकरणमा दर्ता भई इजाजत लिएका सहकारीहरुले मात्रै बचत तथा ऋणको कारोबार गर्न पाउँछन् ।
यो सँगै दर्ताका लागि सहकारीहरुले १४ वटा आधारभूत विवरण, ११ वटा वित्तीय विवरणसँग सम्बन्धीत विवरण र ६ वटा अन्य विवरण भर्नुपर्नेछ ।
प्राधिकरणले दर्ता अभिलेखीकरण मापदण्ड असोज १० गते जारी गरेको थियो । मापदण्ड जारी गर्दै प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माले सहकारी दर्ताका लागि छुट्टै दर्ता अभिलेखीकरण सफ्टवेयर निर्माण भई लन्च गर्ने तयारी भइरहेको र २०८२ असोज महिनाभित्रै दर्ता प्रक्रिया थालनी गरिने बताए ।
सफ्टवेर लञ्च भएको सूचना जारी गर्ने र सूचना जारी भएको ६० दिन भित्र सबै सहकारी दर्ता हुनुपर्ने छ ।
अभिलेखीकरण भएपछि विद्युतीय प्रणालीमार्फत नै सञ्चालन इजाजत पत्र जारी गरिने उनले बताए । प्राधिकरणबाट इजाजत प्राप्त भएपछि सहकारी संस्थाले प्रत्येक वर्षको श्रावण मसान्तभित्र नवीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ ।
प्राधिकरणमा दर्ता हुन एक हजारदेखि १५ हजारसम्मको शुल्क निर्धारण गरिएको छ । कुल सम्पत्ति वा कुल पुँजी तथा दायित्व २ करोडसम्मका सहकारीलाई एक हजार, २ देखि १० करोड सम्मका सहकारीलाई ३ हजार, १० देखि २५ करोड सम्मका सहकारीलाई ५ हजार, २५ करोड देखि ५० करोड सम्मका सहकारीलाई ७ हजार, ५० करोडदेखि १ अर्बसम्मका सहकारीलाई १० हजार र १ अर्बभन्दा बढीका सहकारीलाई १५ हजार शुल्क तोकिएको छ।
आधारभूत विवरण
१. सहकारी संस्थाको नाम (नेपाली र अंग्रेजीमा), ठेगाना, सम्पर्क नं., इमेल, कार्य प्रकृति, दर्ता मिति, दर्ता भएको कार्यालय र ठेगाना, कार्यरत कर्मचारी संख्या
२. वेबसाइट र सफ्टवेयरको नाम
३. शेयर सदस्य संख्या र कूल शेयर रकम
४. कार्यान्वयनमा रहेको विनियम, कार्यविधि, नीतिको नाम तथा जारी मिति
५. सञ्चालक समितिको विवरण (नाम, पद, ठेगाना, लिङ्ग, सम्पर्क नं., व्यक्तिगत प्यान नं., नागरिकता नं. र जारी जिल्ला र राष्ट्रिय परिचयपत्र नं, पदावधि (शुरु मिति र अन्तिम मिति)।
६. लेखा सुपरिवेक्षण समितिको विवरण (नाम, पद, ठेगाना, लिङ्ग, सम्पर्क नं., व्यक्तिगत प्यान नं., नागरिकता नं. र जारी जिल्ला, राष्ट्रिय परिचयपत्र नं., पदावधि शुरु मिति र अन्तिम मिति।
७. प्रमुख कार्यकारी अधिकृत वा महाप्रबन्धक वा व्यवस्थापक वा प्रबन्धकको विवरण (नाम, पद, ठेगाना, लिङ्ग, सम्पर्क नं., व्यक्तिगत प्यान नं., नागरिकता नं. र जारी जिल्ला, राष्ट्रिय परिचयपत्र नं., पदमा कार्यरत अवधि
८. सञ्चालनमा रहेका इकाई: सेवा केन्द्रको विवरण (ठेगाना, सम्पर्क नं.)
९. कार्यक्षेत्र
१०. सहकारी संस्थाको दर्ता प्रमाणपत्र र स्थाई लेखा नम्बर प्रमाणपत्र
११. अद्यावधिक करचुक्ता प्रमाणपत्र
१२. रकमको आधारमा ठूला १०० शेयर सदस्यको विवरण (नाम, ठेगाना र शेयर रकम)
१३. रकमको आधारमा ठूला १०० बचतकर्ता सदस्यको विवरण (नाम, ठेगाना र बचत रकम)
१४. रकमको आधारमा ठूला १०० ऋणी सदस्यको विवरण (नाम, ठेगाना र ऋण रकम)
वित्तीय विवरण
(गत दुई आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण)
१. शेयर पूँजी
२. जगेडा तथा कोषहरु (जगेडा कोष, संरक्षित पूँजी फिर्ता कोप, सहकारी प्रवर्धन कोप अन्य कोष)
३. कूल जोखिम भारित सम्पत्ति तथा पूजी कोषको विवरण (प्राथमिक पूँजी कोष र अनुपाता र कूल पूँजी कोषरअनुपात)
४. सहकारी संस्थाले निजी कम्पनी र घर जग्गामा गरेको लगानी
५. कूल निक्षेप ९साधारण, नियमित र आवधिक० र कूल ऋण प्रवाह ९असल, कमसल, शंकास्पद, खराव, तथा कूल ऋण नोक्सानी व्यवस्था (वर्गीकरण अनुसार)
६. ऋण पुनर्तालिकीकरण (रकम र संख्या)
७. निष्कृय कर्जा रकम र अनुपात
८. कूल सम्पत्ति र कूल दायित्व
९. कूल संचालन आम्दानी तथा खर्च र अन्य आम्दानी तथा खर्च
१०. खुद नाफा नोक्सान
११. लेखा परीक्षकको नाम, ठेगाना, सम्पर्क नं., र आइक्यान सदस्यता नं.,
अन्य विवरण
१. पछिल्लो दुई वर्षको साधारण सभा सम्पन्न भएको मिति, उपस्थिति संख्या र उपस्थिति प्रतिशत
२. गत आर्थिक वर्षमा सञ्चालक समितिको बैठक बसेको कूल संख्या
३. संघहरुसँगको आवद्धताको विवरण
४. विवरण प्रविष्टी गर्नेको नाम, पद, सम्पर्क नं, मिति
५. विवरण रुजु गर्नेको नाम, पद, सम्पर्क नं., मिति
६. कार्यकारी प्रमुखको स्वघोषणा
Sponsored Advertisment